Sunday, January 17, 2021
Home > राष्ट्रिय समाचार > पश्चिम तराइमा पनि मौसम बदली, मेघगर्जनसहित वर्षा

पश्चिम तराइमा पनि मौसम बदली, मेघगर्जनसहित वर्षा

कपिलवस्तुसहित पश्चिम तराइमा पनि मौसम बदली भएको छ ।

आज विहानैबाट मौसम पूर्ण बदली भएसंगै पानी पर्न सुरु गरेको छ । पश्चिम तराईँका क्षेत्रमा मेघगर्जनसहित वर्षा भउको छ । तराइका रुपन्देही, दाङ, बाँके, बर्दिया, नवलपरासीमा आज हावासंगै पानी परेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । पानी परेसंगै चिसो पनि ह्वात्तै बढेको छ । हिजो अस्तिको तुलनामा आज चिसो बढेको छ । पानीसंगै हावाहुरी पनि आएकाले बढी चिसो भएको सर्वसाधारणले बताएका छन् । उता उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ । यस्तै देशका उच्च पहाडी भूभागमा आज दिनभर भारी हिमपातको सम्भावना रहेको मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना देखिएको मौसमविद अर्यालले बताउनु भयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा हिमपातसँगै वर्षा र सामान्य हुरी समेत चल्ने सम्भावना छ । हिमपात र वर्षा भएसँगै देशभर जाडो बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *