Wednesday, October 28, 2020
Home > मुख्य समाचार > सिद्धबाबा प्रकरण : तीन दिनको म्याद थप

सिद्धबाबा प्रकरण : तीन दिनको म्याद थप

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको हो । प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो । शुक्रबार जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद थप गरेको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिनुभयो । म्याद थप पछि गिरीलाई पुनः विराटनगरस्थित विराट नसिङ होममा नै ल्याइएको छ । मुटुको समस्याका कारण उपचार गराइरहेका गिरीलाई अदालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङहोम नै पठाइएको डिएसपी शर्माले जानकारी दिनुभयो । सुनसरी प्रहरीले मंसिर १६ गते चार दिन र मंसिर २० गते बलात्कार मुद्धामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको थियो । बलात्कार आरोप मुद्दामा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ । महिला अनुयायीले कात्तिक ४ गते आफूलाई बलात्कार गरेको भन्दै सिद्धबाबाविरुद्ध किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले उनलाई मंसिर १६ गते पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *