Thursday, November 26, 2020
Home > मुख्य समाचार > लिम्पयाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतको भूमी समेटेर तत्काल नक्सा जारी गर्न सरकारलाई निर्देशन

लिम्पयाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतको भूमी समेटेर तत्काल नक्सा जारी गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पयाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतको भूमी समेटेर तत्काल नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समिति बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा रहेको भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारतसँग आवश्यक पहल गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी भूमिको रक्षा र नेपाली नागरिकको सुरक्षा गर्न दार्चुला जिल्लाको कालापानी समेतको क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज रुपमा आपतजावत गर्न बाटो र अन्य सुविधाको व्यवस्था गर्न पनि सरकारलाई भनेको छ । समिति बैठकमा सांसद भीम रावलले नेपालले आफ्नो भूमि समेटिएको नक्सा सार्वजनिक गर्न साइत कुर्नु नपर्ने बताउनुभयो । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले दुविधात्मक कुरा गरेको भन्दै उहाँले आफ्नै भूमि समेटेर नक्सा सार्वजनिक गर्न कुनै साइत नचाहिने बताउनुभएको हो ।  सांसद प्रकाशमान सिंहले सीमाको विषय देशको सार्वभौमिकता र भौगौलिक अखण्डतासँग जोडिएको मुद्दा भएकाले सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले दुई तिहाइको बलियो सरकारले ठूलो समर्थन पाउँदासमेत सीमा समस्या समाधानमा भइरहेको प्रगतिका विषयमा जानकारी गराउन नसक्नुले यो विषयमा सरकार गम्भिर नभएको हो की भन्ने आशंका उब्जेको बताउनुभयो ।

भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समेटिएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *