Monday, June 01, 2020
Home > मुख्य समाचार > चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन, आजै अन्त्यष्टि गरिँदै

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन, आजै अन्त्यष्टि गरिँदै

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

उहाँले चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । श्रद्धाञ्जलीको लागि उहाँको पार्थिव शरीरलाई अहिले चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको छ । त्यसपछि आज नै पशुपतिमा दाहसंस्कार गर्ने तयारी छ । भट्टराईको आइतबार राति सवा १० बजे निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या आएपछि उहाँलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । अस्पताल र्पुयाउनुअघि नै उहाँको निधन भईसकेको चिकित्सकले बताएका छन् । ५२ वर्षीय भट्टराईकी श्रीमती र एक छोरा छन् । तीन दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका भट्टराईले पछिल्लो पटक ‘यात्रा’ नामक सिनेमा बनाउनु भएको थियो । उहाँले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका सिनेमा निर्माण गर्नुभएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *