Wednesday, October 28, 2020
Home > राष्ट्रिय समाचार > वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित

वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित

राष्ट्रिय ध्वजावाहाक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ ।

‘एयरलाइन्स कृटिज एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड नेपाल वायुसेवा निगमलाई प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समिक्षाका आधारमा नेपाल एयरलाइन्सलाई उक्त अवार्ड दिइएको एसोसिएसनका प्रमुख टिपिएस ग्रोबरले जानकारी दिनुभयो । त्यस्तै विमानस्थालमा यात्रुलाई गर्ने व्यवहार, उडानका बेला क्रु मेम्बरले गर्ने व्यवहार, खानाको गुणस्तर, सुरक्षित यात्रा, सिट, तथा मूल्यका आधारमा मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै एसोसिएसनले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ‘एयरलाइन सिइओ अफ द इयर’ का रुपमा समेत छनोट गरेको जनाएको छ । एसोसिएसनले विगत चार वर्षदेखि एयरलाइन्सहरुको समिक्षा गरी उक्त अवार्ड प्रदान गर्दै आएको छ । यसअघि यो अवार्ड थाइ एयर र फिन एयरले पाइसकेको ग्रोबरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *