Tuesday, July 07, 2020
Home > आर्थिक समाचार > कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने नेता गौतमको भनाइ

कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने नेता गौतमको भनाइ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय संबन्धि बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवस्यक रहेको बताउनुभएको हो । उहाँले भूमिको चक्लाबन्दी सरकारले किसानलाई चलनचल्तिको मूल्य तिरेर गर्नुपर्ने समेत बताउनुभयो । त्यस्तै नेता गौतमले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण तथा डिजिटल उत्पादन नगरे कृषि उत्पादन बढ्न नसक्ने र त्यसका लागि कृषि भूमिको चक्लाबन्दी अवस्यक रहेको बताउनुभयो ।

उहाँले खाद्य संप्रभुतालाई संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयनमा कानून निर्माण गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । त्यस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्न वन क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *