Monday, April 06, 2020
Home > खेलकुद समाचार > पीपीएलमा चितवनको विजयी सुरुवात

पीपीएलमा चितवनको विजयी सुरुवात

चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा आज भएको आफ्नो पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवनले सुखद् सुरुवात गरेको हो । घरेलु टिम पोखराले दिएको १ सय ८ रनको सामान्य लक्ष्य चितवनले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय ८ रन बनायो । चितवनको जितमा बाबर हायातले अर्धशतकीय इनिङ्स खेले । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । जितसँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ । पोखराको भने यो पहिलो हार हो । दुई खेल खेलेको पोखराले २ अंक जोडेको छ । पोखराले गत संस्करणको पीपीएलमा चितवनलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *