Sunday, July 05, 2020
Home > राष्ट्रिय समाचार > जिप र मोटरसाइकल ठोक्किदा दुई जनाको ज्यान गयो

जिप र मोटरसाइकल ठोक्किदा दुई जनाको ज्यान गयो

तिब्र गतिमा गुडिरहेको जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका खण्डमा पर्ने बिरेन्द्र बजार नजिकै मंगलबार राती १० बजेतिर स.१० प. ८२५ नम्बरको मोटरसाइकल र ज १च १३८१ नम्बरको जिप एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेहरुमा सप्तरीको महदेवा गाउँपालिका ६ का २२ वर्षिय मोटरसाइकल चालक राकेश यादव र पछिल्लो सिटमा सवार सोही वडाका ३२ वर्षिय प्रभास यादव छन् । दुबैको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । जीप चालक उदयपुरको कटारी नगरपालिका १ बस्ने ललित माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका बेला तिब्र गतिमा गाडी चलाउँदा अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *