Wednesday, January 27, 2021
Home > मुख्य समाचार > इसाई धर्मावलम्बीहरुले आज विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउँदै

इसाई धर्मावलम्बीहरुले आज विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउँदै

इसाई धर्मावलम्बीहरुले आज विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउँदै छन् ।

नेपालमा पनि काठमाडौं लगायत देशका विभिन्न स्थानका गिर्जाघर तथा पर्यटकीय बजारहरुमा हिजो साँझदेखिनै क्रिसमसको रमझम मनाउन शुरु भएको थियो । २००० वर्ष भन्दा पहिले इजरायलको बेथलियमको एउटा गोठमा येशु क्रिष्टको जन्म भएको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने गर्छन् । इसाई धर्मावलम्बीका फादर टेकराज पौडेलले नेपालमा पनि शान्ति र प्रेमको कामना सहित अन्धविश्वास हटाई नयाँ नेपाल निर्माणका लागि प्रार्थना गरिएको बताउनुभयो । आज बिहानै देखि चर्चहरुमा प्रार्थना गर्ने र खुसियाली साटासाट गर्ने मानिसहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, जाउलाखेल लगायतका स्थानमा क्रिसमस ट्री बनाएर सजाइएको छ । त्यस्तै ठूलाठूला व्यापारिक क्षेत्रमा पनि क्रिसमस ट्रि बनाई सजाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *