Thursday, February 27, 2020
Home > खेलकुद समाचार > ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबको दोस्रो जित

ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबको दोस्रो जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीलाई जित दिलाउन कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले एक एक गोल गरे । खेलमा भरत म्यान अफ दि म्याच चुनिए । जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । आर्मी लिगेको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले यस अघि पहिलो खेलमा फ्रेन्डस् क्लबलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा साविक विजेता मनाङसँग १–० ले पराजित भएको थियो । शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको दशौँ स्थानमा रहेको छ । शेर्पाले पहिलो खेलमा नेपाल पुलिससँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *