Friday, April 03, 2020
Home > राष्ट्रिय समाचार > स्वास्थ्यकर्मीले समायोजन र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बोधन नभए आन्दोलन गर्ने

स्वास्थ्यकर्मीले समायोजन र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बोधन नभए आन्दोलन गर्ने

नेपाल स्वास्थ्यकर्मी संघले समायोजन र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धी मांग सम्बोधन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन ।

आज नेपाल स्वास्थ्यकर्मी संघ धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरेले सरकारले समायोजन गरेका कर्मचारीहरुलाई पालिकाहरुले हाजिर हुन नदिने र राजनीतिक आस्थाका आधारमा समायोजन गर्नुपर्ने प्रवृति बन्द नगरिए आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले पहिलो चरणमा विभिन्न सरोकारवाला निकायसम्म समन्वय गर्ने र त्यसपछि स्वास्थ्य क्षेत्रमा असर नपर्ने गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने बताउनुभयो । सो अवसरमा संघका पदाधिकारीहरुले स्वास्थ्य क्षेत्रको विनियोजित रकम स्वास्थ्य सेवामै खर्च गर्नुपर्ने मांग गरेका थिए । गत वर्ष प्रदेश २ सरकारले स्वास्थ्य क्षेत्रको करिब ५६ करोड रुपैया भौतिक निर्माण सेवामा खर्च गरेको उनीहरुमो आरोप छ । उनीहरुले २०५७ साल अघि नियुक्त भएका प्राविधिकहरुलाई अदालतको फैसला अनुसार ग्रेड दिनुपर्ने र जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका मांग समेत राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *