Thursday, April 02, 2020
Home > राष्ट्रिय समाचार > वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपुर्ण

वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपुर्ण

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपुर्ण रहेको भन्दै त्यसलाई सच्याएर सहमतिको आधारमा महाधिवेशनको मिति घोषणा हुुनुपर्ने वताउनु भएको छ ।

प्रेस युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले एकलौटी रुपमा कांग्रेसको महाधिवेशन मिति घोषणा गरेर पार्टी सभापति अघि वढन खोजेको आरोप लगाउनुभयो । नेता कोइरालाले महाधिवेशको मिति लम्ब्याउने भन्दापनि सवैको सहमतिमा आगामी मंसिरमा महाधिवेशन हुनुपर्ने बताउनुभयो । कार्यतालिकम परिवर्तन गरेर सभापतिले महाधिवेशनका लागी उपयुक्त वातावरण वनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । डा. कोइरालाले नेपाली कांग्रेसको इतिहासमा वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा कहिले नभएको भन्दै यस्तो अवस्थामा घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्युन रहेको वताउनुभयो । नेता कोइरालाले पार्टीलाई एक ढिका नबनाएसम्म आफुले राजनितिक विश्राम नलिने पनि वताउनुभयो । फरक प्रश्नमा उहाँले सरकारी जग्गा यति होल्डरलाई एकलौटि रुपमा दिनु संस्थागत भ्रष्टाचार भएको आरोप लगाउनुभयो । उहाँले सरकारले जग्गा लिजमा दिदा पारदर्शी रुपमा टेन्डर आव्हान गरेर दिनुपर्ने धारणा राख्नुभयो । मुलुकमा भ्रष्टाचार महँगी वढेको भन्दै डा. कोइरालाले जनतालाई केन्द्रविन्दुमा राखेर सुशासन कायम गर्न तर्फ सरकारको ध्यान जानुपर्ने आवश्यक औल्याउनुभयो । हरेक विषयमा राष्ट्रपतिले राजनितिक सक्रियता वढाउनु उपयुक्त नभएको उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *