Thursday, February 27, 2020
Home > खेलकुद समाचार > च्यासल युथ क्लबविरुद्ध जावलाखेल युथ क्लबको जित

च्यासल युथ क्लबविरुद्ध जावलाखेल युथ क्लबको जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे । खेलमा जावलाखेलका रुप म्यान अफ दि म्याच चुनिए । जितसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले ४ खेलमा ८ अंक जोडेको छ । च्यासल ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *