Thursday, February 27, 2020
Home > खेलकुद समाचार > ए डिभिजन लिगमा पाँचौ चरणका खेलहरु भोलीबाट सुरु हुने

ए डिभिजन लिगमा पाँचौ चरणका खेलहरु भोलीबाट सुरु हुने

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो चरणका खेल सकिंदा सम्म मनाङमस्र्याङ्दी क्लव शीर्षस्थानमा उक्लिएको छ ।

चौथो चरणको अन्तिम खेलमा हिजो सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलो जित हासिल गरेको छ । सरस्वती युथ क्लबलाई पराजित गर्दै सशस्त्रले पहिलो जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सशस्त्र २–१ ले विजयी भयो । हिजोको खेलपछि १० अंकसहित मनाङ–मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबको समान ९–९ अंक छ । चौथो स्थानको जावलाखेल युथ क्लबको ८ अंक हुँदा नेपाल पुलिस र थ्रीस्टार क्लबको समान ७÷७ अंक छ । बिग्रेड ब्वाइज ‘बीबीसी’को ६ अंक हुँदा ‘एनआरटी’, च्यासल युथ क्लब, सशस्त्र र संकटा क्लबको समान ४ अंक छ । २ अंकको हिमालयन शेर्पा १२ औं, १ अंकको फ्रेन्ड्स १३ औं तथा अंकविहीन सरस्वती पुछारमा छ । पाँचौं चरणका खेलहरु भोलिदेखि हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *