Monday, April 06, 2020
Home > राष्ट्रिय समाचार > विप्लव समूहका एक कार्यकर्ता पक्राउ

विप्लव समूहका एक कार्यकर्ता पक्राउ

भोजपुर प्रहरीले हतियारसहित विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले भोजपुर सदरमुकामबाट दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाबाट ४ राउण्ड गोली सहित दैलेख दुल्लुका २७ वर्षिय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी नरबहादुर सलामी मगरले बताउनुभयो । थापाका साथबाट गोली सहित २ थान डायरी र पार्टीका दस्तावेज पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेका थापाका बिषयमा अनुसन्धान थालिएको प्रहरी प्रमुख डिएसपी मगरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *