Saturday, May 30, 2020
Home > आर्थिक समाचार > पुष २२ गते निर्यात दिवस मनाइने

पुष २२ गते निर्यात दिवस मनाइने

नेपाल निर्यात परिषद्ले पुष २२ गते निर्यात दिवस मनाउने भएको छ ।

परिषद्ले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पुष २२ गते ‘चौथो निर्यात दिवस – २०७६’ मनाउने जानकारी दिएको हो । निर्यात दिवसले व्यवसायीक समस्या समाधानका लागि ऐकबद्धता कायम गर्ने, आयातमुखि बजारलाई निर्यातमुखि बनाउन सहयोग गर्ने लगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बैंक ब्याजदर उच्च हुनु, उत्पादन लागत बढ्दै जानु र कर प्रणालीमा अझैपनि समस्या रहनुले उत्पादन बढन् नसक्दा निर्यात न्यून रहेको बताउनुभयो । निर्यात दिवसले निर्यातमा हुने समस्याहरु सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न सहयोग पुर्याउने समेत उहाँले बताउनुभयो । निर्यात दिवस नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सह आयोजनामा मनाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *