Wednesday, October 21, 2020
Home > राष्ट्रिय समाचार > फोटो प्रतियोगिता २०७५ बाट उत्कृष्ट छानिएका फोटोहरुको पुस्तक सार्वजनिक

फोटो प्रतियोगिता २०७५ बाट उत्कृष्ट छानिएका फोटोहरुको पुस्तक सार्वजनिक

ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता २०७५ बाट उत्कृष्ट छानिएका फोटोहरुको पुस्तक सार्वजनिक गरिएको छ ।

फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट– ५’ नाम दिइएको उक्त पुस्तक आज काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । पुस्तकमा ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ बाट उत्कृष्ट छानिएका फोटोहरु समावेस गरिएको छ । त्यस्तै कल्बले ‘नेपाल फोटो कन्टेस्ट २०७६’ को घोषणा समेत गरेको छ । कार्यक्रममा ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफुले खिचेको फोटो अपलोड गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो । फोटो पुस्तकले भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास समेत गरिएको छ । अध्यक्ष कार्कीले प्रतिस्पर्धिले आफुले खिचेको फोटो क्लबको आधिकारीक साइट ‘एनपीसी डट फोटोनेपाल डट ट्राभल’मा अपलोड गर्न सकिने बताउनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुनेले एक लाख रुपैयाँ पुरस्कार जित्ने र अन्य तीन उत्कृष्टलाई ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *