Saturday, August 08, 2020
Home > खेलकुद समाचार > इनरुवामा जारी क्रिकेट प्रतियोगितामा एपीएफविरुद्ध नेपाल आर्मीले फराकिलो जित

इनरुवामा जारी क्रिकेट प्रतियोगितामा एपीएफविरुद्ध नेपाल आर्मीले फराकिलो जित

सुनसरीको इनरुवामाजारी मनमोहन मेमोरियल कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफविरुद्ध नेपाल आर्मीले फराकिलो जित निकालेको छ ।

समूह ए अन्र्तगतको पहिलो खेलमा आर्मीले अर्को विभागीय टिम एपीएफविरुद्ध १ सय ८ रनको भारी जित दर्ता गरेको हो । २ सय ८२ रनको लक्ष्यपछ्याएको एपीएफ ३९ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ७३ रनमा समेटिएपछि आर्मीले २ अंक हात पारेको छ । एपीएफका पृथु बास्कोटाले ३६ र शंकर रानाले ३२ रन बनाए । आर्मीका बलर सामू एपीएफका ब्याट्सम्यान खुलेर टिक्न सकेनन् र टिमले भारी अन्तरको पराजय भोग्नु पर्यो । एपीएफलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सहाव आलमले ४ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । आर्मीका लागि सम्मानजनक स्कोर खडागर्ने क्रममा कुशल मल्लले शतकीय पारी खेले । कुशल मल्ल प्रतियोगिताको म्यान अफ द म्याच चुनिए । प्रतियोगित अन्र्तगत भोलिको खेल आयोजक र एपीएपबिच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *