Saturday, May 30, 2020
Home > आर्थिक समाचार > सरकारले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने

सरकारले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ । आज मन्त्रालयले आगामी तीन महिने कार्ययोजना सार्वजनिक गर्दै यो वर्ष ६० हजारलाई रोजगारी दिने योजना रहेको बताएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका सहसचिव प्रकाश दाहालले कार्यक्रमका लागि यो वर्ष ५ अर्ब १ करोड बजेट विनियोजन भएको बताउनुभयो । विनियोजित बजेटमध्ये ७० प्रशित रकम ज्यालामा खर्च हुने र ३० प्रतिशत रकम मात्रै निर्माण सामग्री तथा सुरक्षा सामग्री लगायतमा खर्च हुने उहाँले बताउनुभयो । एक सय दिनको रोजगारी नभएको अवस्थामा बाँकी रकम निर्वाह भत्ता स्वरुप दिनुपर्ने प्रावधान रहेको समेत उहाँले बताउनुभयो ।

गत वर्षमा झार उखेल्ने प्रकृतिका कामहरुमा बजेट खर्च भएको भन्ने गुनासो यो वर्ष नआउने उहाँले बताउनुभयो । गतवर्ष कार्यक्रमको तयारी गर्नुपर्ने भएका कारण स्तरिय काम हुन नसकेको स्वीकार गर्दै उहाँले यो वर्ष स्थानीय तहले गर्ने कामहरु सूची पहिले नै पठाउनुपर्ने गरी निर्देशन गरिएको बताउनुभयो । मागमा आधारित भएर बजेट जाने प्रकृयाले यो वर्ष गुणस्तरीय काम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *