Thursday, April 02, 2020
Home > राष्ट्रिय समाचार > हराएका १२४ थान मोवाइल धनीलाई जिम्मा

हराएका १२४ थान मोवाइल धनीलाई जिम्मा

चितवन प्रहरीको सक्रियता आज विभिन्न समयमा हराएका र चोरी भएका मोबाइल फोन फेला पारी सम्बन्धित् धनीलाई जिम्मा लगाएको छ ।

तत्कालिन जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले सुरु गरेको अप्रेशन क्लिन चितवन अभियान अन्र्तगत फेला परेका १ सय २४ थान मोबाइल सम्बन्धित मोबाइल धनीको जिम्मा लगाएको हो । जसको बजार मुल्य २७ लाख रुपैयाँ रहेको चितवन प्रहरी जनाएको छ । चितवन प्रहरीको सूचना संकलन तथा अनवेषण शाखा परिसरमा आयोजित कार्यक्रममा निमित्त चितवन प्रहरी प्रमुख डिएसपी एक नारायण कोईरालाले हराएका र चोरी भएका मोवाईल सम्बन्धीत् धनीलाई फिर्ता दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *