Wednesday, October 21, 2020
Home > मुख्य समाचार > श्रीमतीमाथि खुकुरी प्रहार

श्रीमतीमाथि खुकुरी प्रहार

नागरिकता बनाई दिन माग गर्दा मंगलबार दिउँसो आफ्नै राजविराजमा खुकुरी प्रहार भएको छ ।

सप्तरी सदरमुकाम राजविराज नगरपालिका १२ दमाबती टोल निवासी २८ बर्षिया लक्ष्मी यादवमाथि श्रीमान महि नारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका हुन् । महिनारायण पूर्व प्रहरी हुन् । खुकुरी प्रहारबाट लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ । उनको टाउको र घाटीमा गरी ३६ वटा टाका लगाइएको अस्पताल प्रशासनले जनाएको छ । यस्तै लक्ष्मीको जिउँभर निलडाम समेत देखिएको छ । उनलाई स्थानिय गजेन्द्र नरायण सिंह अस्पतालको आकस्मिक कक्षमा प्रारम्भिक उपचार पछि थप उपचारका लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । खुकुरी प्रहार गरी महिनारायण खुकुरी नजिकैको नहरमा फालेर फरार भएका थिए । श्रीमानले दोस्रो विवाह गरेपछि लक्ष्मीले पटक पटक नागरिकता बनाई दिन दवाव दिदै आएकी थिईन । घटनापछि फरार रहेका महि नारायणको खोजी कार्य तिब्र बनाईएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *