Friday, June 05, 2020
Home > खेलकुद समाचार > कटहरी गाउँपालिकामा आजबाट वडाकप नकआउट क्रिकेट प्रतियोगिता सुरु

कटहरी गाउँपालिकामा आजबाट वडाकप नकआउट क्रिकेट प्रतियोगिता सुरु

कटहरी गाउँपालिकामा आजबाट वडाकप नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

कटहरी–४ को वडा कार्यालयसहित मिसन युवा क्लब, खयरबना युवा क्लब र जनज्योती आनन्द युवाक्लबको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । कटहरी ४ को खेल मैदानमा सुरु भएको प्रतियोगिताको गाउँपालिकाका प्रमुख रामकुमार कामतले उद्घाटन गर्नुभयो । प्रतियोगितामा कटहरी गाउँपालिका ५ वटा क्रिकेट क्लबहरुका साथै विराटनगर महानगरपालिकाका विभिन्न ७ वटा क्रिकेट टिमहरुको सहभागिता छ । आगामी २९ गतेसम्म संचालन हुने प्रतियोगिताका बिजयीलाई उपाधिसहित नगद ३० हजार र उपबिजेतालाई नगद १५ हजार सहित शिल्ड, मेडल प्रदान गरिने आयोजक समितिका इसराफिल शेखले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो खेल कटहरी गाँउपालिकाको वडानम्बर ४ र ५ को क्रिकेट क्लबहरुबीच भएको छ । खेलमा कटहरी ४ ले २७ रनले जित हासिल गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कटहरी ४ को टिमले १ सय ३९ रन बनाउँदै विपक्षी टिमलाई १ सय ४० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको कटहरी ५ ले २० ओभर खेल्दै ९ बिकेटमा १ सय १२ रनमा सिमित हुन पुग्यो । आजको खेलको म्यान अफ दि म्याच कटहरी ४ का कपिल मण्डल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *