Saturday, May 30, 2020
Home > आर्थिक समाचार > कृषकहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने सरकारको योजना

कृषकहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने सरकारको योजना

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कृषकहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने योजना अघि सारेको छ ।

आज भएको पत्रकार सम्मेलनमा कृषक मजदुरलाई श्रमिकको दायरामा ल्याउने योजना मन्त्रालयले अघि सारेका जानकारी दिइएको हो । श्रम मन्त्री रामेश्वर राय यादवले कृषकहरुलाई पेन्सनको सुनिश्चिता गर्न र विमाको दायरामा ल्याउन श्रमिकको दायरामा ल्याउने योजना अघि सारिएको बताउनुभयो । कृषि मजदुरलाई अन्य श्रमिक सरहको सुविधाको व्यवस्था गर्नका लागि विशेषज्ञहरुको प्राविधिक अध्ययन टोली बनाइएको र टोलीको प्रतिवेदन अनुसार कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।
मन्त्री यादवले मध्यपूर्वमा रहेका नेपालीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयको अगुवाइमा गृह मन्त्रालय र श्रम मन्त्रालयको समुन्वयमा ‘रेस्क्यु’ कार्यक्रम अघि सारिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *