Thursday, February 27, 2020
Home > आर्थिक समाचार > सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने मन्त्री अर्यालको भनाइ

सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने मन्त्री अर्यालको भनाइ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाका अवशरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । एक घर एक सहकारी सदस्य अनिवार्य अभियान चलाएर वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री अर्यालले एउटा सहकारी र एउटा रोजगारी पनि अनिवार्य गर्नुपर्ने बताउनुभयो ।

मन्त्री अर्यालले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि एउटा बलियो खम्बा सहकारी भएको बताउनुभयो । राज्यले सहकारीलाई अर्थतन्त्र निर्माणको खम्बा मानेको र व्यवहारले पनि त्यो पुष्टि भएको उहाँको भनाई छ ।   निष्कृय रहेको संस्था, लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गर्ने चेतावनी मन्त्री अर्यालले दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *