Saturday, May 30, 2020
Home > खेलकुद समाचार > संकटा क्लबको दोस्रो जित, एपीएफ पराजित

संकटा क्लबको दोस्रो जित, एपीएफ पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिनले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे । एपीएफका नबिन लामा र आशिष लामाले एक एक गोल फर्काए । जितसँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ । एपीएफको ५ खेलमा ४ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *