Monday, March 30, 2020
Home > मुख्य समाचार > सन्थाल समुदायको ‘सोहराय’ पर्व आजदेखि शुरु

सन्थाल समुदायको ‘सोहराय’ पर्व आजदेखि शुरु

सन्थाल समुदायको महान पर्व ‘सोहराय’ आजदेखि शुरु भएको छ ।

यो पर्वमा सांस्कृतिक रुपले पुजाआजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधि अनुसार ‘गड’ पुजागरि यो पर्व मनाउन शुरु गर्ने गर्छन । ६ दिनसम्म मनाईने यो पर्वको हरेक दिनको वेग्लावेग्लै महत्व हुन्छ । सोहराय पर्वको पहिलो दिनलाई ‘उम’ दोश्रोलाई ‘दाका’ तेश्रोलाई ‘खुन्टोव’ र चौथो दिनलाई ‘जाली’ नामाकरण गरि मनाईन्छ । यसैगरि सोहरायको पाँचौदिनलाई ‘हाकुकाट्कोम’ र यो पर्वको छैठौं तथा अन्तिम दिन शिकार गरेर मासु खाने चलन छ । ‘साकरात’का रुपमा मनाइने यसदिन गांउ बाहिरको खुला ठांउमा केराको थम्मा गारेर तीर हान्ने चलन छ । यसपर्वमा घर र गाँउबस्तीको सरसफाई गर्ने, ठुलाबडाको आर्शिबाद लिने र पारम्परिक पोशाकमा सजिएर नाचगान गर्ने चलन समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *