Saturday, July 11, 2020
Home > राष्ट्रिय समाचार > अपहरणमा परेका मुवारक खान अपहरणमुक्त

अपहरणमा परेका मुवारक खान अपहरणमुक्त

अपहरणमा परेका कपिलवस्तुको यशोधरा गाउपालिका मटेरियाका ४० मुवारक खान गएराति अपहरणमुक्त भएका छन ।

नेपाल भारत सीमाको बजार मर्यादपुरबाट भारतीय पक्षले उनलाई रिहा गरेका हुन । उनलाई अज्ञात समुहले १९ गते शनिबार दिउँसो मर्यादपुर चोकबाट अपहरण गरेको थियो । उनी मर्यादपुर चोकमा बसीरहेको अवस्थामा भारतीय समूहले जबरजस्ती युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर मर्यादपुर सिमा नाका हुदैं भारत लगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका थिए । अपहरणकारीका विषयमा भने थप अनुशन्धान भईरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । खान अहिले प्रहरी र परिवारको सम्पर्कमा आइसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *