Tuesday, August 04, 2020
Home > खेलकुद समाचार > कर्णाली प्रदेश एमएम कप क्रिकेट प्रतियोगिताबाट बाहिरियो

कर्णाली प्रदेश एमएम कप क्रिकेट प्रतियोगिताबाट बाहिरियो

कर्णाली प्रदेश सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

लगातार दुई खेलमा पराजित कर्णाली प्रदेश आजको खेलमा प्रदेश २ सँगको पराजय भएसँगै घर फर्किएको हो । इनरुवा खेल मैदानमा आज सम्पन्न समूह बि अन्र्तगतको दोस्रो खेलमा प्रदेश २ ले कर्णालीमाथि ८ विकेटको सहज जित निकालेको छ । कर्णाली प्रदेशले दिएको १ सय ३० रनको लक्ष्य प्रदेश नम्बर २ ले २२ दशमलव ५ ओभर खेल्दै २ विकेटको क्षतिमा भेट्टायो । प्रदेश २ को जितमा हसिम अन्सारीले अर्धशतकीय पारी खेले । ७७ बलको सामना गरेका अन्सारीले ११ चौका र १ छक्काको मद्दतमा नटआउट ८० रन बनाउँदा सुरज पटेलले ३३ रन जोडे । प्रदेश २ का हरिशंकर साहले ५ र सुधिर चौधरीले व्यक्तिगत २ रन बनाए । कर्णालीका अनुज चुनारा र दिनेश अधिकारीले १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको कर्णाली प्रदेशले ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २९ रन जोडेको थियो । कर्णालीका रविन्द्र जंगशाहीले सर्वाधिक ४६ रन बनाएको खेलमा टिमका लागि अन्य ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न सकेनन् । दिवान पुनले २३ रन बनाउँदा टिमका लागि प्रकाश जैसीले १५ रन जोडे । ४ दशमलव ५ ओभर वलिङ गरेका प्रदेश २ काकप्तान मेहबुब आलमले ११ रन खर्चिएर कर्णालीको ३ विकेट लिए । आदील अन्सारी र हरिशंकर साहले समान २ विकेट लिए भने कुमार थापाले १ विकेट हात पारे । प्रदेश २ का हसिम अन्सारी प्लेयर अफ द म्याच घोषित भए । आजको बिजेता प्रदेश नम्बर २ ले भोलि विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ । भोलिको बिजेता टोली सेमिफाइनल प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *