Saturday, May 30, 2020
Home > खेलकुद समाचार > गोधुली फुटबल रनिङ कपमा वडा नं. ६ र वडा नं. १८ विजयी

गोधुली फुटबल रनिङ कपमा वडा नं. ६ र वडा नं. १८ विजयी

धरानमा जारी २० औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं. ६ र वडा नं. १८ विजयी भएका छन् । विजयी दुवै टोली प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

आज धरान रंगशालामा भएको पहिलो खेलमा वडा नं. ६ ले वडा नं. ७ लाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच ६ नं. वडाका अनिष पुलामी घोषित हुँदै नगद १५ सय र मेडल प्राप्त गरे । ६ नं. वडाले क्वाटर फाइनलमा १६ नं. वडासँग प्रतिष्पर्धा गर्नेछ । आजै धरान रंगशालामा भएको दोस्रो खेलमा वडा नं. १८ ले वडा नं. १ लाई टाइब्रेकरमा पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको छ । टाइब्रेकरमा वडा नं .१८ पाँच– चार गोल अन्तरले विजयी भयो । प्रतियोगितामा धरानका २० वटै वडाले सहभागीता जनाएका छन । प्रतियोगिताको फाइनल खेल ४ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले रनिङ कपसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *