Saturday, August 08, 2020
Home > मुख्य समाचार > टिपरको ठक्करबाट एक युवकको मृत्यु, हत्या भएको आफन्तको आशंका

टिपरको ठक्करबाट एक युवकको मृत्यु, हत्या भएको आफन्तको आशंका

धनुषाको मिथिला नगरपालिकामा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु भएका युवकको परिवारले क्रसर उद्योगीले हत्या गरेको आरोप लगाएका छन् । गाउँमा पटक–पटक खोला उत्खनन बन्द गर्नुपर्ने चर्काे आवाज उठाएका दिलिपकुमार महतो क्रसर उद्योगीको निशानामा परेका थिए । उनको खोला किनारमा मर्निङवाक गएका बेला आज विहान टिपरको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम आएका परिवारजनले क्रसर उद्योगीले हत्या गरेको बताएका छन् । पहिला हत्या गरेको अनि त्यसपछि टिपरले किचेको मृतकको परिवारजनको आशंका छ । प्रहरीले घटनास्थलको मुचुल्कासमेत नउठाई शव परीक्षणका लागि ल्याएपछि आफन्तले प्रहरीको पनि संलग्नता रहेको आशंका गरेका छन । यसैबीच घटनाको विरोधमा स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्व गरेपछि त्यसलाई खोलाउन प्रहरीले बल प्रयोग गरेको छ । चक्काजाम खुलाउन १० राउण्ड अश्रु ग्यास प्रहरीले प्रहार गरेको छ । अश्रुग्यास हानेर प्रदर्शनकारीलाई हटाएपछि राजमार्ग खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *