Saturday, August 08, 2020
Home > राष्ट्रिय समाचार > एमसीसी परियोजना लागू गरेर लाभ लिन कुनै शंका गर्नु नपर्ने सरोकारवालाहरुको भनाइ

एमसीसी परियोजना लागू गरेर लाभ लिन कुनै शंका गर्नु नपर्ने सरोकारवालाहरुको भनाइ

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना लागू गरेर लाभ लिन कुनै शंका गर्नु नपर्ने सरोकारवालाहरुले बताएका छन् ।

आज राजधानीमा भएको छलफलमा संसदको अर्थ समितिका सभापति कृष्ण दाहालले एमसीसी परियोजनाबाट लाभ लिन कुनै शंका गर्नु नपर्ने बताउनुभएको हो । एउटा सम्झौताकै कारण अमेरिकी सेना नेपाल आएर कब्जा गर्ने परिस्थिती सिर्जना हुन्छ भन्ने कमजोर मानसिकता सामाजिक सञ्जालमा देखिएको उहाँको भनाई छ ।  एमसीसीको विषय संसदमा गएको अवस्थामा बाहिर नेताहरुले हल्ला गर्नुको कुनै अर्थ नरहेको उहाँको भनाइ छ । सच्याउनुपर्ने विषयहरु छन् भने कुटनीतिक तवरबाट छलफल गरेर सच्याउनु पर्ने उहाँले बताउनुभयो । पूर्व राजदुत डा. शंकर शर्माले लिइरहेको र लिने सहयोग नेपालको पक्षमा छ भने केही गाह्रो नहुने बताउनुभयो । अमेरिकाले आर्थिक सहयोग पनि गर्ने, सुरक्षामा पनि सहयोग गर्ने, सरकारलाई पनि सहयोग गर्ने भनेपछि इण्डो प्यासिफिकको रिपोर्ट उल्लेख गरेपनि नेपालले सहि नै नगरेको विषयमा जवरजस्ती गर्न नआउने तर्क उहाँले गर्नुभयो ।

विवेकशील नेपाली दलका सूर्यराज आचार्यले नेपालीहरुको अकर्मन्यताले एमसीसीको विषयमा विवाद उत्पन्न भएको बताउनुभएको छ । नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र विकासका नीतिहरु स्पष्ट गर्न सकेमा एमसीसीमा जस्तो अवरोध पुनः नदोहोरिने बताउनुभयो ।

नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले बाहिर आएजस्तो नेपाल आएर बेस बनाउने हो की, नेपालमै बस्ने होकी भन्ने आशंकाहरु सहि नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *