Saturday, May 30, 2020
Home > राष्ट्रिय समाचार > अठार वर्षअघि जबरजस्ती करणी गरी फरार भएका राई पक्राउ

अठार वर्षअघि जबरजस्ती करणी गरी फरार भएका राई पक्राउ

अठार वर्षअघि जबरजस्ती करणी गरी फरार भएका धरान–११ का सनोत राईलाई प्रहरीले पक्राउ गरेको छ ।

२०५८ साल मंसिर २० गते धरान–११ की एक बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका ३२ वर्षीय राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । २०५८ सालमा राई १४ वर्षका नाबालक भएको कारण अदालतले ६ महिना कैद सजायको फैसला गरेको थियो । त्यस समय नाबालक रहेका उनी अहिले ३२ वर्षका भएका छन् । त्यसै समय फरार भएका उनलाई पक्राउ गरी झुम्का कारागार पठाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानलेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *