Saturday, August 08, 2020
Home > राष्ट्रिय समाचार > बेलबारीद्धारा पाँच महिनाको अवधिमा १ करोड ६५ लाखभन्दा बढी राजस्व संकलन

बेलबारीद्धारा पाँच महिनाको अवधिमा १ करोड ६५ लाखभन्दा बढी राजस्व संकलन

इलाका प्रहरी कार्यालय बेलबारीले पाँच महिनाको अवधिमा विभिन्न शीर्षकमा १ करोड ६५ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

प्रहरीले आज सुन्दरहरैंचा नगरपालिकाको हसिना सभाहलमा प्रहरी समुदायसँग अन्तर्गत एक कार्यक्रम गरी यो तथ्यांक सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख प्रहरी निरिक्षक गुणराज बुढाथोकिले पाच वर्षयताकै बढी राजश्व संकलन गरेको दाबीसमेत गर्नुभयो । प्रहरीले प्रत्येक महिनामा जनप्रतिनिधि साथै अन्य सामाजिक संघ संस्थासँग पालिकास्तरीय प्रहरी समुदाय साझेदारी कार्यक्रम गर्दै आइरहेको छ । उहाँले पछिल्लो समय मोबाइल र मोटरबाइक चोरीको घटना बढ्दै गएका कारण जिल्ला प्रहरी कार्यालय मोरङले अप्रेशन ट्र्याप अभियान सञ्चालन गरि मोबाइल र मोटरसाइकल चोरी गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको कार्यक्रममा बताउनुभयो । कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले नगरको शान्ती सुरक्षा प्रहरीले व्यवस्थित तरिकाबाट काम गरेको भन्दैै प्रहरीको प्रशंसा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *