Saturday, August 08, 2020
Home > मुख्य समाचार > ‘विप्लव’ लाई नेकपमा आउन ढिलाई नगर्न प्रचण्डको आग्रह

‘विप्लव’ लाई नेकपमा आउन ढिलाई नगर्न प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गर्नुभएको छ ।

आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले विप्लवलाई यस्तो आग्रह गर्नुभएको हो । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की लगायतलाई पार्टी प्रवेश गराउँदै दाहालले भोली स्वयम विप्लप पनि आउनुपर्ने बताउनुभयो । आउन ढिला गरे त्यसले उहाँलाई पनि फाइदा नगर्ने दाहालको भनाई छ ।  अध्यक्ष दाहालले बाँकी रहेका सबैलाई अफ्ठ्यारो नमानी आउन अपिल गर्नुभयो । गरिहाले, हिँडिहाले भनेर आफैलाई अनि देशलाई हानी पुर्याउने काम नगरि छिटो पार्टीमा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो । पार्टी प्रवेशपछि कार्कीले विप्लवको राजनीतिक साहस, नैतिकता र इमानदारिता नदेखेर पार्टी छाडेको बताउनुभयो ।

पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *