Saturday, July 11, 2020
Home > मुख्य समाचार > ‘सत्ता र शासनमा महिलाहरुको सहभागिता शून्य र न्यून’

‘सत्ता र शासनमा महिलाहरुको सहभागिता शून्य र न्यून’

उपसभामखु डा. शिवमाया तुम्बाहाङ्फेले सत्ता र शासनमा महिलाहरुको सहभागिता शून्य र न्यून रहेको बताउनुभएको छ ।

‘नेपालमा महिला आन्दोलन’ पुस्तकको परिचर्चा कार्यक्रममा डा. तुम्बाहाङफेले देशमा लोकतन्त्र आएपनि सत्ता र शासनमा महिलाहरुको सहभागिता शून्य र न्यून रहेको बताउनुभएको हो । विगत र वर्तमानलाई हेर्दा उपल्लो तहमा महिलाहरुको सहभागिता भएपनि महिलाहरुको अवस्था परिवर्तन हुन नसकेको उहाँले बताउनुभयो ।

समयलाई व्यवस्थापन गर्न सके असम्भव भन्ने कुनै कुरा नहुने भनेर आफुले पुष्टि गरेको बताउँदै उहाँले पितृसत्तात्मक सोचको शिकार महिला मात्रै नभएर पुरुष पनि भएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसकी सांसद पुष्पा भूसालले ५० प्रतिशत भन्दा बढी जनसंख्या र मतदाता भएका महिलाहरुले अधिकारका लागि आन्दोलन गरेको भएपनि राजनीतिक न्यान नमागेको बताउनुभयो । उपसभामुख डा. तुम्बाहाङ्फेद्वारा लिखित ‘नेपालमा महिला आन्दोलन’ पुस्तकमाथिको परिचर्चा कार्यक्रम आज काठमाडौमा आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *