Wednesday, September 30, 2020
Home > मुख्य समाचार > इटहरीमा सवारी दुर्घटना, साइकल यात्रीको मृत्यु

इटहरीमा सवारी दुर्घटना, साइकल यात्रीको मृत्यु

सुनसरीको इटहरीस्थित भित्री बाटोमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

इटहरी उप–महानगरपालिका–५ पिपलचोकस्थित भित्रि सडकखण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साइकल यात्री युवतीको मृत्यु भएको हो । दिउँसो पौने १ बजे को १ ख ७१२१ नम्बरको सेप्टिट्याङ्की गाडीले ठक्कर दिंदा घाइते भएकी ईटहरी–४ हलगडा बस्ने वर्ष २६ की सुनिता कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । ठक्करबाट घाईते भएकी उनलाई उपचारका लागी बिराट नर्सीङ होम विराटनगरमा ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उक्त सेप्टिट्याङकीका चालक ईटहरी ५ बस्ने राजन तोलाङ्गेलाई १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ । यस्तै दुर्घटना भएको समयमा सह–चालकले चलाएको खुल्न आएपछि सह–चालक रामधुनी ३ बस्ने प्रेमबहादुर खड्कालाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *