Friday, June 05, 2020
Home > मुख्य समाचार > इलामको अजम्बरे डाँडामा रहेको एनसेल टावरमा बम बिस्फोट

इलामको अजम्बरे डाँडामा रहेको एनसेल टावरमा बम बिस्फोट

इलामको जितपुर अजम्बरे डाँडामा रहेको एनसेल टावरमा बम बिस्फोट भएको छ ।

देउमाई नगरपालिका ७ मा रहेको एनसेल टावरमा गएराति अज्ञात समूहले बम बिस्फोट गराएको हो । बम बिस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको जितपुर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार टावरका लागि प्रयोग हुने जेनेरेटर सहित अन्य सामग्री ध्वस्त भएका छन । दुईवटा बम बिस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थल नजिकै अर्को सुतली बम र तार समेत फेला परेको छ । फेला परेको सुतली बम नेपाली सेनाको बम निस्क्रिय टोलीले निस्क्रिय गराइ सकेको उहाँले वताउनुभयो । घटनाबाट के कति क्षति भयो भन्ने यकिन जानकारी आएको छैन । साथै कसले बिस्फोट गराएको हो भन्नेबारे समेत खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *