Friday, June 05, 2020
Home > मुख्य समाचार > सिंहदरबारस्थित पुरानो संसद भवन भत्काएर नयाँ भवन निर्माण गर्न निर्देशन

सिंहदरबारस्थित पुरानो संसद भवन भत्काएर नयाँ भवन निर्माण गर्न निर्देशन

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबार स्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ ।

शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई विग्रन नदिइ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई उक्त निर्देशन दिनुभएको हो । सांसद रामबहादुर विष्टले भूकम्प गएको धेरै वर्ष हुँदा समेत भवन निर्माणको सुरुवात हुन नसकेको र कसरी बनाउने भन्ने सझाव समेत दिन नसकेको बताउनुभयो । सांसद यज्ञराज सुनुवारले जिर्ण भवन राखेर उपयुक्त नहुने भएकाले नयाँ भवन निर्माण गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *