Monday, April 19, 2021
Home > मुख्य समाचार > नेकपाको सचिवालय बैठकद्धारा कार्यदल अनुमोदन

नेकपाको सचिवालय बैठकद्धारा कार्यदल अनुमोदन

काठमाण्डौ १ भाद्र

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई अनुमोदन गरेको छ ।
पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत बिहीबार गठन गर्नुभएको कार्यदललाई नेकपा सचिवालयले अनुमोदन गरेको हो । अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने केही सचिवालयका सदस्यहरुले आग्रह गरेपछि आजको बैठकबाट सो निर्णय भएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि अध्यक्षद्वयको पहललाई सकारात्मक रुपमा लिँदै कार्यदललाई अनुमोदन गरिएको बताउनुभयो । कार्यदललाई प्रभावकारी ढंगले काम गर्न सहज होस् भनेर सचिवालयमा अनुमोदन गर्नुपर्ने नेताहरुको सुझावअनुसार अनुमोदन गरिएको उहाँले बताउनुभयो । कार्यदलले छिटोभन्दा छिटो पार्टी र सरकार सञ्चालनका लागि गर्नुपर्ने कामहरुको बारेमा सुझाव दिन सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले संकट समाधानका लागि दिएका सुझाव परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय वा स्थायी समितिमा पेश गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *