Monday, April 19, 2021
Home > मुख्य समाचार > आइतबार नेपालमा कोरोनाका ८ सय १८ संक्रमित थपिए

आइतबार नेपालमा कोरोनाका ८ सय १८ संक्रमित थपिए

काठमाडौं । मुलुकभर ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा ८ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ८ हजार २६ पीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको बताएका छन् । २४ घन्टामा २८१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार १५५ र क्वारेन्टाइनमा ११ हजार ४१४ रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो । २४ घन्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा आइतबार अपराह्नसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । पीसीआर परीक्षण आइतबारसम्म ६ लाख ४४४ गरिइसकेको प्रवक्ता गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *