Thursday, September 24, 2020
Home > मुख्य समाचार > विराटनगरमा ४२ सहित प्रदेश १ मा ७० संक्रमित थप

विराटनगरमा ४२ सहित प्रदेश १ मा ७० संक्रमित थप

विराटनगर । मोरङमा ५० सहित आज प्रदेश–१ मा ७० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २७ महिला र ४३ पुरुष थपिएका हुन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ । प्रदेश–१ सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङमा मात्रै ५० जना छन् । झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा १ महिला ८ पुरुष र धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश–१ मा आज २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा संक्रमणमुक्त हुनेको संख्या १ हजार २ सय ६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *