Sunday, September 27, 2020
Home > मुख्य समाचार > विराटनगरमा २६ सहित प्रदेश–१ मा थप १ सय ९ जना कोरोना संक्रमण पुष्टि

विराटनगरमा २६ सहित प्रदेश–१ मा थप १ सय ९ जना कोरोना संक्रमण पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश–१ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश–१ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महिला ५ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, बूढीगंगामा २ पुरुष, रंगेलीमा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेकी १ महिलामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा २ महिला १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, भोक्राहानरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, इनरुवाम १ महिला २ पुरुष, धरानमा ३ महिला, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमलगाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुष, खोटाङको दिक्तेलामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ । प्रदेश १ मा आज ४९ डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ३३२ पुगेको छ । प्रदेश १ मा आज २ हजार ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ८० हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *