Sunday, September 27, 2020
Home > मुख्य समाचार > विराटनगरका सफाई मजदुर आन्दोलित

विराटनगरका सफाई मजदुर आन्दोलित

विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्दै आएको वेष्ट मेनेजमेन्ट ग्रुप नेपालमा कार्यरत सफाई मजदुरहरु आन्दोलित भएका छन् । विराटनगरस्थित वेष्ट मेनेजमेन्टको कार्यालयमा मजदुरहरुले धर्ना दिएका छन् । कम्पनीले बिना सूचना कामबाट निकालेपछि मजदुरहरु आन्दोलित भएका हुन् ।

वेष्ट मेनेजमेन्ट ग्रुप नेपाललेद्वारा सञ्चालित फोहरमैला परियोजना विराटनगरमा उनीहरु दुई दशकदेखि काम गर्दै आएका छन् । तर, अहिले कुनै कारण बिना नै कम्पनीले निकालेपछि आन्दोलित हुनु परेको उनीहरुको भनाइ छ । फोहरमैला परियोजना विराटनगरले विना सूचना मजदुरहरुलाई कामबाट निकालेको पाएको छ । कोरोनाको कहरका बेला जीविकोपार्जनमा समस्या भइरहेका बेला कम्पनीले जानकारी बिना नै कामबाट निकालेको मजदुरहरुको गुनासो छ । पूर्ववत् अवस्थामै काम गर्न पाउनुपर्ने मजदुरहरुको माग छ ।

अहिलेको अवस्थामा कुनै पनि मजदुर कर्मचारीलाई निकाल्न नहुने उनीहरुको भनाइ छ । कम्पनीले पुनः काम गर्ने वातावरण नबनाए कडा आन्दोलनमा उत्रिने मजदुरहरुले चेतावनी दिएका छन् । नगर क्षेत्रभित्रका सफाई गर्ने मजदुरलाई भन्दा बाहिरका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर भर्ना गर्ने षड्यन्त्र भइरहेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुको अन्य कुनै आयस्रोत नभएकाले यस्तो संकटका बेला कम्पनीले मजदुरलाई कामबाट निकाल्नु अन्याय भएको डुम समुदायका टोल अध्यक्ष सिकेन्द्र मारिकले बताउनुभयो ।

निषेधाज्ञा भए पनि कि काम गर्न पाउनुपर्ने कि त हाजिर गर्न पाउनुपर्ने मजदुरहरुको माग छ । महानगरभित्र जताततै फोहोर थुप्रिएको छ । फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीले फोहोर उठाउनेतर्फ भन्दा मजदुर–कर्मचारीलाई कामबाट निकालेर खर्च जोगाउन खोजेको उहाँको भनाइ छ ।
यता, जिल्ला प्रशासन मोरङले भदौ ५ गतेदेखि भदौ १० गतेसम्मलाई निषेधाज्ञा जारी गरेको अवस्थामा नगर क्षेत्रभित्र कम फोहर नहुने भएकोले कर्मचारी निकालिएको वेष्ट मेनेजमेन्ट ग्रुप नेपालअन्तर्गतको फोहरमैला परियोजना विराटनगरका प्रशासन प्रमुख निलमणि पराजुलीले बताउनुभयो । पराजुलीले मजदुरहरुको मागलाई कम्पनीले छलफल गरेर निकास दिने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *