Friday, November 27, 2020
Home > राष्ट्रिय समाचार > प्रेस संगठन इलामद्धारा पर्सलन प्रोटेक्टिव इक्विपमेन्ट (पीपीई) बितरण

प्रेस संगठन इलामद्धारा पर्सलन प्रोटेक्टिव इक्विपमेन्ट (पीपीई) बितरण

इलाम १५ भाद्र

कोरोना विरुद्धको लडाईंमा अग्रस्थानमा खटिरहेका इलामका संचारकर्मीहरुलाई प्रेस संगठन इलामले पर्सलन प्रोटेक्टिव इक्विपमेन्ट (पीपीई) उपलब्ध गराएको छ ।
संगठनले पूर्व प्रधानमन्त्री एवम् इलाम क्षेत्र नम्बर १ का सांसद झलनाथ खनालले उपलब्ध गराएको २५ थान पीपीई सञ्चारकर्मीलाई वितरण गरेको हो । क्रियाशील संचारकर्मीहरुले जोखिममा स्थलगत रिपोर्टिङमा पुग्नुपर्ने भएकाले पीपीई वितरण गरिएको प्रेस संगठन इलामका संयोजक सुजन तिम्सिनाले बताउनुभयो । प्रत्येक संचारमाध्यमलाई एउटा अनिवार्य पर्नेगरि क्रियाशील संचारकर्मीलाई पीपीई वितरण गरिएको हो । संगठनले आज फिक्कलका संचारकर्मीहरुलाई पीपीई विरतण गर्ने संयोजक तिम्सिनाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *