Sunday, September 27, 2020
Home > राष्ट्रिय समाचार > लायन्स क्लब अफ विराटनगर शुभमद्धारा सप्ताहा रक्तदान कार्यक्रमको आयोजना

लायन्स क्लब अफ विराटनगर शुभमद्धारा सप्ताहा रक्तदान कार्यक्रमको आयोजना

विराटनगर १७ भाद्र
लायन्स क्लब अफ विराटनगर शुभमले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि लायन्स क्बलले रगत संकलनलाई अभियानकैै रुपमा सञ्चालन गरिएको जनाएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा क्लबले रक्तदान कार्यक्रम गरेको हो । आजदेखि एक हप्तासम्म रगत संकलन अभियान जारी रहने क्लबकी अध्यक्ष मनिका शर्मा चोहानले जानकारी दिनुभयो । स्वास्थ्य संस्थाहरुमा रगतको चरम अभाव भएका कारण रगत संकलनलाई अभियानकै रुपमा अगाडि बढाइएको उहाँको भनाइ छ । उहाँले रक्तदान कार्यक्रमलाई निरन्तरता दिएर रगतको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले अन्य संस्थाहरुलाई पनि रक्तदान गर्न आग्रह गर्नुभयो । उहाँले रेडक्रस सोसाइटी मोरङ शाखामा नै आएर रक्तदान गर्न युवाहरुलाई सहज भएको बताउनुभयो । आज १६ पिन्ट रगत संकलन भएको छ । लायन्स क्लब शुभमले विगतदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *