Friday, November 27, 2020
Home > खेलकुद समाचार > नेपाली राष्ट्रिय टोलीका खेलाडी एरिक विष्ट कोराना मुक्त

नेपाली राष्ट्रिय टोलीका खेलाडी एरिक विष्ट कोराना मुक्त

काठमाण्डौ १८ भाद्र

नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परिक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेसन बसाइपछि गरिएको कोरोना परिक्षणपछि अहिले एरिक विष्ट कोरोनामुक्त भएका छन् ।  सरकारले निषेधाज्ञा जारी गर्नु अगाडी नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेअनसार सुरक्षाका मापदण्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडी गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडीमध्ये एरिक विष्टलाई कोरोना पोजेटिभ देखिएको थियो । अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए पनि कुनै लक्षण भने नदेखिएको उनले बताए । १९ दिनपछि अहिले उनी कोरोना मुक्त भएका छन् । घरायसी बसाईलाई नै आइसोलेसन बनाएका एरिकले अहिले कोरोनालाई जितेका छन् । आज टेकु अस्पतालले कोरोना पुनः परिक्षणको रिपोर्ट नेगेटिभ आएको भन्दै खबर गरेको उनले बताए । बीचको अवधिमा सबै तिर कोरोना भएको भन्दै आफन्त र साथी भाइले सोध्दा आफू खिन्न भए पनि मनोबललाई उच्च राख्न इन्टरनेटको सहायता लिएको र उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भएको उनको अनुभव छ । विष्टले कोरोना सामान्य फ्लू भएको र यसबाट बच्नका लागि सामाजिक दूरीलाई कायम राख्नुपर्ने सुझाव दिएका छन । मानिसमा पोजेटिभ देखिने वित्तिकै डराउनु नपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *