Sunday, September 27, 2020
Home > राष्ट्रिय समाचार > पीपल चौक युवा समूह विराटनगर–७ ले निःशुल्क मास्क वितरण

पीपल चौक युवा समूह विराटनगर–७ ले निःशुल्क मास्क वितरण

विराटनगर २० भाद्र
पीपल चौक युवा समूह विराटनगर–७ ले निःशुल्क मास्क वितरण गर्दे आएको छ ।
पीपल चौकमा गएको भदौ ९ गतेदेखि पीपल चौक युवा समूहले निःशुल्क मास्क वितरण गर्दे आएको छ । युवा समूहले हुनेले दिएर जानुस, नहुनेले लिएर जानुस भन्दै मास्क बैंकको स्थापना गरेको समूहका संयोजक सरोज पौडेलले बताउनुभयो । उहाँले आफ्नो जन्म दिनको अवसर पारेर भदौ ९ गतेदेखि निःशुल्क मास्क वितरण गर्न थालिएको बताउनुभयो । संयोजक पौडेलले समाजमा थोरै भए पनि आफ्नो ठाउँबाट सहयोगको भावनाले मास्क बैंकको स्थापना गरेर निःशुल्क मास्क वितरण गरेको जानकारी दिनुभयो । उहाँले कोरोना महामारी रहेसम्म यसलाई निरन्तरता दिने बताउनुभयो । समूहले दैनिक दुई सय भन्दा बढी मास्क वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *