Sunday, September 27, 2020
Home > आर्थिक समाचार > उत्तरी मोरङको चारकोषे झाडी आसपासका कतिपय मानिसहरु जगंलको निगुरो टिपेर तरकारीको छाक टार्दै

उत्तरी मोरङको चारकोषे झाडी आसपासका कतिपय मानिसहरु जगंलको निगुरो टिपेर तरकारीको छाक टार्दै

मोरङ २३ भाद्र
बजारमा तरकारीको भाउ महंगिरहेको अवस्थामा उत्तरी मोरङको चारकोषे झाडी आसपासका कतिपय मानिसहरु भने जगंल गएर विना पैसाको तरकारी निगुरो टिपेर छाक टार्ने गरेका छन् । मोरगंको बेलवारी, कानेपोखरी, पथरीशनिश्चरे, लेटाङ लगायत क्षेत्रका कतिपय मानिसहरुले चारकोसे झाडीको जगंलमा गएर निगुरो संकलन गरि तरकारीको गर्जो टार्ने गरेका छन् । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर गरिएको लकडाउनका कारण बजारमा सहजरुपमा तरकारी नपाउने तथा पाइएपनि अधिक महंगो भइरहेको अवस्थामा जगंल नजिक हुनेहरु निगुरो टिप्न जान थालेका हुन् ।जंगलमा प्रायसजसो ठाउँमा पाउन सकिने निगुरोको साग निकै स्वादिलो समेत हुने भएकाले अधिकांशले मन पराउने गर्दछन् । जसका कारण आसपासका जंगलमा निगुरो खोज्न जानेहरुको ताँती नै देख्न सकिन्छ । बेलबारीकी अमृता विसुन्खे दैनिक रुपमा तरकारी चाहिने भएपनि आम्दानीको स्रोत नहुदाँ किनेर खान नसक्दा जंगलको निगुरोले छाक टार्न सजिलो भएको बताउनुहुन्छ । काममा जान नपाएर त्यसै बस्नु परिरहेको समय पारेर निगुरो टिप्न जाने गरेको स्थानीय अम्बिका सुयलको भनाइ छ । मोरगंको बेलबारी, कानेपोखरी, पथरी, लेटाङ लगायतका क्षेत्रका जगंलमा त्यसै उम्रने जगंली निगुरो टिपेर विक्री गरि यस क्षेत्रको कतिपय मानिसहरुले आम्दानीको माध्यम समेत बनाएका छन् । खासगरि चैत्र, बैशाख महिनादेखि असोजसम्म जंगलको ओसिलो ठाउँमा निगुरो उम्रने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *