Sunday, September 27, 2020
Home > अन्तराष्ट्रिय समाचार > कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारत दोस्रो स्थानमा

कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारत दोस्रो स्थानमा

एजेन्सी २३ भाद्र
छिमेकी मुलुक भारत धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ ।
भारतमा कुल संक्रमितको संख्या ४२ लाख ७७ हजार पाँचसय ८४ पुगेको छ । अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने संक्रमणको दर घट्दै गएको छ । भारतमा भने संक्रमण झन् बढ्दै गएको छ । कूल संक्रमितको संख्यामा अब भारतभन्दा अगाडि अमेरिका मात्र छ । भारतमा कोरानाका कारण ७२ हजार आठसय १६ जनाको ज्यान गईसकेको छ । त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या करिब ९ लाख छ । यस्तै पहिलो स्थानमा रहेको अमेरिकामा कूल संक्रमितको संख्या ६४ लाख ८५ हजार पाँचसय ७५ पुगेको छ । संक्रमणका कारण अमेरिकामा हालसम्म एकलाख ९३ हजार पाँचसय ३४ जनाले ज्यान गुमाइसकेका छन् । तेस्रो स्थानमा रहेको ब्राजिलमा कूल संक्रमितको संख्या ४१ लाख ४७ हजार पुग्दा ज्यान गुमाउनेको संख्या एकलाख २७ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभरमा कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ७९ हजार दुईसय ७ पुगेको छ । जसमध्ये एक करोड ९५ लाख ७३ हजार बढी मानिस निको भएका छन् भने आठलाख ९६ हजार चारसय २१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *