Sunday, September 27, 2020
Home > खेलकुद समाचार > मिडफिल्डर जेम्स रोड्रिग्वेज एभर्टनमा अनुबन्धित

मिडफिल्डर जेम्स रोड्रिग्वेज एभर्टनमा अनुबन्धित

एजेन्सी २४ भाद्र
प्रिमियर लिग क्लब एभर्टनले कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई रियल मड्रिडले अनुबन्धन गरेको छ ।
एभर्टनले कोलम्बियन मिडफिल्डरलाई स्पेनिस क्लबबाट २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २९ वर्षीय मिडफिल्डरले एभर्टनसँग दुई वर्षको सम्झौता गरेका छन् । उनले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा गोल्डेन बुट जितेपछि फ्रेन्च क्लब मोनाकोबाट रियल मड्रिडमा आबद्ध भएका थिए । उनी तेस्रोपटक एभर्टनका प्रशिक्षक कार्लाे एन्सेलोटीको नेतृत्वमा खेल्न लागेका हुन् । यसअघि उनले रियल मड्रिड र बायर्न म्युनिखबाट एन्सेलोटीको नेतृत्वमा खेलेका थिए । एन्सेलोटी गत डिसेम्बरमा एभर्टनको प्रशिक्षकका रुपमा आएका हुन् । रोड्रिग्वेजलाई अनुबन्ध गराउन उनैले सहमती गराएका थिए । इटालीयन प्रशिक्षकसंग पुन एक पटक काम गर्न रोड्रिग्वेज समेत आकर्षित देखिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *